विश्वकप क्रिकेट फाइनल आज

Share:

 टी–२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तानले इङ्ल्यान्डको सामना गर्दैछ। मेलबर्नमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ। सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई र इङ्ल्यान्डले भारतलाई हराएको थियो।

सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले र इंग्ल्यान्डले भारतलाई दोस्रो सेमिफाइनलमा १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। पाकिस्तानले २००९ मा टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको थियो भने इंग्ल्यान्डले २०१० मा वेष्ट इन्डिजमा भएको विश्वकप जितेको थियो।

कमेन्ट गर्नुहोस्
Share: