छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित आठ जना पक्राउ

107
0
Share:

काठमाडौं : छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित आठ जना पक्राउ परेका छन्। 

झापा, बुद्धशान्ती गाउँपालिका-३ बुद्धटोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय २ ग्राम सहित कचनकवल गाउँपालिका-१ घर भई हाल बुद्धशान्ती गाउँपालिका-३ बस्ने ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध मेचीनगर नगरपालिका-८ मेची आवास बस्ने २८ वर्षीय बिकाश राजबंशीले खरिद गरी ल्याएको भन्ने खुल्न आएपछि प्रहरीले उनको समेत कोठा तलासी गर्दा थप २५ ग्राम २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु बरामद गरेको छ। हाल फरार रहेका बिकाश राजबंशीको प्रहरीले खोजी गरिरहेको छ।

सिरहा, धनगढीमाई नगरपालिका-५ तेतिस बिघास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम ९ सय २० मिलिग्राम र नगद २९ हजार रूपैयाँ सहित सोही नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। स.८ प २२९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो।

बर्दिया, बढैयाताल गाउँपालिका-२ बैसठ्ठी नम्बर पिलर चोक फुटाहबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। भे.१२ प ४१९७ नम्बरको स्कुटरलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१ कारागार नजिकबाट सोही उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय आयुष सिंहलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

दाङ, लमही नगरपालिका-९ अमिलियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ३ सय ९५ ग्राम सहित जाजरकोट जुनचाँदी गाउँपालिका घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे बस्ने १७ वर्षीय किशोर सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  प्रदेश ३-०२-००२ प ७९२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: