छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

126
0
Share:

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-११ थापाथलीमा बागमती प्रदेश-०२-०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बारा बरियारपुर घर भएका ४४ वर्षीय राम बाबु प्रसाद कुसहवाको आइतबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचार भइरहेको छ।

भक्तपुर, भक्तपुर नगरपालिका-१ च्यङ्गा गणेश मन्दिर ननिक सडकमा बा.७ च ०८१५ नम्बरको कारले प्रदेश-०२-०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका-१ बस्ने २३ वर्षीय सन्दिप बस्नेतको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको डा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ खानीखोलास्थित सडकमा बागमती प्रदेश-०१-०२६ च ७८७६ नम्बरको कार र ग.२१ प ३०१७ नम्बरको स्कुटर गत मंगलबार बेलुकी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोक बस्ने ३५ वर्षीय अंमर नामजाली मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-७ गोठगाउँस्थित सडकमा को.३१ प ७२६६ नम्बरको मोटरसाइकल र बीआर ३८ एन २२०२ नम्बरको कार एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक केराबारी गाउँपालिका-७ बस्ने ४२ वर्षीय उत्तम कुमार मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङ, ज्वालामुखी गाउँपालिका-४ टारीस्थित सडकमा ग.१ ज ५५८० नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका बोलेरो चालक सहित ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल धादिङ पठाइएकोमा ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको उपचार भइरहेको छ। उपचार पश्चात डिस्चार्ज भएका बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: