
डडेल्धुरा : डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने भएका छन्।
बिहीबार राति एक भिडियो सन्देश जारी गर्दै उनले डडेल्धुराका जनताका नाममा तीन व्रत बस्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न गुल्मीका इन्जिनियर सागर डडेल्धुरा पुगेका हुन्।
‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन। यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भने।
कमेन्ट गर्नुहोस्
