विभागले १ वर्षमा जारी गर्‍यो ९ लाख ३३ विद्युतीय राहदानी

Share:

काठमाडौं :  राहदानी विभागले एक वर्षमा ९ लाख ३३ हजार २ सय ९३ वटा विद्युतीय राहदानी जारी गरेको छ। १ मंसिर ०७८ बाट विद्युतीय राहदानी वितरण सुरु गरेको विभागले एक वर्षमा  राहदानी विभाग,जिल्ला प्रशासन कार्यालय साथै नियोगमार्फत सो राहदानी वितरण गरेको हो। 

विभागका अनुसार हाल सबै जिल्ला प्रशासन कार्यालय, १७ इलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी हुने गरेको छ। जसमा राहदानी विभागबाट ३ लाख ३४ हजार ५ सय ८३, जिल्ल तथा इलाका प्रशासनबाट ५ लाख १६ हजार ८ सय ५, साथै विदेशी नियोगबाट  ८१ हजार ९ सय ५ विद्युतीय राहदानी जारी भएको विभागले जनाएको छ। 

 सेवाग्राहीले राजस्व अनलाइनबाट समेत तिर्नसक्ने व्यवस्था मिलाएर विभागले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: