एमालेको उत्साह मतदानमा प्रकट हुन्छ : पोखरेल

Share:

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी केन्द्रमा मतदान गरेका छन्।

मतदान पोखरेलले गर्दै चुनावी अभियानका क्रममा मतदाताले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताए। उनले मतपरिणाम एमालेको पक्षमा आउने दाबी गरे।

उनले आफू निर्वाचित भएपछि पार्टीको केन्द्रीय घोषणा पत्र र काठमाडौं क्षेत्र नम्बर ५ को विकाससँग सम्बन्धित रहेर जारी गरेको२८ वटा प्रतिबद्धता कार्यान्वयन गर्ने बताए।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रमा भारी मतान्तरका साथ विजयी भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: