निर्वाचन पछि एमालेको सरकार

Share:

काठमाडौं :   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

आइतबार बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रमा पुगेर मतदान गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेको बहुमत आउने दाबी गरेका हुन् ।

‘छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको छ । यो चुनावबाट एमालेले बहुमत ल्याउँछ’, उनले भने, ‘एमालेले बहुमतको सरकार बनाउँछ ।’

कमेन्ट गर्नुहोस्
Share: