पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन

Share:

काठमाडौं :  निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ।

 यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ। मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: