ओलीले दिए मतदातालाई धन्यवाद

Share:

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन्।

आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन्।

ओलीले एक तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं।’

कमेन्ट गर्नुहोस्
Share: