म्याग्दीमा स्थगित मतगणना पुनः सुरु

Share:


म्याग्दी : 
जिल्लामा मतदान स्थगित भएको मतगणना पुन: सुरु गरिएको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एक सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको थियो।

दलहरुकाबीच सहमति गरेर मतगणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: