कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लीन स्वीप’

Share:

कैलाली : कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भइसकेका छन् । कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाल अर्यालअनुसार प्रदेशसभातर्फको ३ (१) मा घनश्याम चौधरी १३ हजार नौ सय २३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरा थारुले ११ हजार पाँच सय ७२ मत पाए ।

प्रदेशसभातर्फको ३ (२) मा खुशीराम चौधरी सात हजार पाँच सय ३९ मतले विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का अमर साउँद छ हजार छ सय १९ मत ल्याए । एक लाख सात हजार छ सय ५९ मतदाता संख्या रहेको सो क्षेत्रमा कूल ६३ हजार चार सय ४० मत खसेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: