तनहुँबाट रामचन्द्रको संसद् यात्रा सुनिश्चित

Share:

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। 

तनहुँ क्षेत्र नम्बर १ बाट उनी निर्वाचित भएका हुन्। आज बिहान सकिएको मतगणनामा उनले २५ हजार ३ सय १८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९९४३ मत प्राप्त गरेको तनहुँ १ का मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले जानकारी दिए। 

कमेन्ट गर्नुहोस्
Share: