कास्की-मा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी विजयी

Share:

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी विजयी भएका छन्।

मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका हुन्।

पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार पाँच सय ३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: