ब्राजिलको विश्वकप फुटबलमा विजयी सुरुआत

Share:

काठमाडौं : पाँच पटकको च्याम्पियन ब्राजिलले विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।​ 

लुसाइल स्टेडियममा गएराति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रिचार्लिसन चम्किदा ब्राजिलले सहज जित निकालेको हो। ब्राजिलको जितमा दुबै गोल रिचार्लिसनले गरे।

खेलको ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७३ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए।

जितसँगै समूह जीको ब्राजिलले पहिलो खेलमै ३ अंक जोडेको छ।

कमेन्ट गर्नुहोस्
Share: