२-० ले वेल्समाथि इरानको रोमाञ्चक जित

Share:

काठमाडौं : कतारमा भइरहेको फिफा विश्वकप फुटबलअन्तर्गत आज वेल्स र इरानबीच भएको खेल इरानले २-० गोलबाट जितेको छ।

खेलको दोस्रो हाफमा थपिएको इन्ज्युरी टाइम सकिनै लाग्दा इरानका रुज्वेह चेश्मीले गोल गरे।

यसको ३ मिनेटपछि नै रामिन रेजियानले इरानका लागि अर्को गोल थपेर जित सुनिश्चित पारे। अहमद बिन अलि स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा शुरु भएको खेलमा दुवै टोलीले गोल गर्न गरेको भरमग्दुर प्रयासमा इरान खेलको अन्त्यमा सफल भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: