कास्की निर्वाचन क्षेत्र नं १ (१) मा अधिकारी विजयी

Share:

कास्की : नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारीको कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बने दीपक कोइरालासँगको फराकिलो मतान्तरले उनी प्रदेशसभा सदस्यमा निर्वाचित  भएका हुन् । अधिकारीले १५ हजार छ सय २३ मत मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कोइरालाले ११ हजार छ सय २७ मत प्राप्त गरे । प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भई स्वास्थ्य तथा गृहमन्त्री भइसकेका उनी यसपटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभामा चुनाव लडेका हुन् । विसं २०५१ र ७४ मा प्रतिनिधिसभामा निर्वाचित भइसकेका अधिकारी २०४८, ५६ र ०६४ को चुनावमा पराजित भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: