मूलधारा नष्ट भएको भन्दै रोकियो धरहरा पुनः निर्माण

81
0
Share:

काठमाडौं : ऐतिहासिक धरहरा पुनः निर्माणको काम रोकिएको छ । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि रोकेका हुन्  । 

ख लिटर पानी अट्ने ट्याङ्की निर्माण गर्ने तयारी गरेको थियो । उक्त पाइपलाई  नष्ट गरेपछि धरहरा पुनः निर्माणको बाँकी काम रोकिएको हो ।  अध्यक्ष महर्जनले भने, “धरहरा बनाउनेले सुनधारा बनाउँछन् भन्ने कुरामा विश्वास रहेन, अब विज्ञको रोहवरमा मात्र सुनधारा पुनःनिर्माणको काम अघि बढाउनुपर्छ ।” त्यसका लागि हरेक दिन अनुगमन गर्ने गरी अनुगमन समिति बनाउने तयारी वडाको रहेको महर्जनले बताए ।

 बयालीस रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको, उचाइ  ७२ मिटर र  ४८  फिटको बेश रहने छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत संरचना रहनेछन् । धरहरा टावरको पुनः निर्माण सम्पन्न भएको भन्दै २०७८ वैशाख ११ गतेनै उद्घाटन गरिएको थियो । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासम्म उक्त टावर आसपासको अन्य निर्माणको काम सम्पन्न भएको छैन । 

कमेन्ट गर्नुहोस्
Share: