
काठमाडौं : नेपाली बजारमा साताको कारोबारको पाँचौ दिन सुनको भाउ आज तोलामा ७ सयले घटेको छ ।
तोलामा ७ सयले घटेको छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ रहेको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ ।
कमेन्ट गर्नुहोस्
