
काठमाडौं : उपत्यकामा आज बिहानैदेखि हुस्सु र कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित भएका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण भए पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उनले भने ।
महाप्रबन्धक ठाकुरले मौसममा सुधार आएपछि नियमित उडान हुने बताए ।
कमेन्ट गर्नुहोस्
