
काठमाडौं : नेपालको आगामी प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्ने भएका छन् ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा सहभागी थिए । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन रहेको छ ।
कमेन्ट गर्नुहोस्
