
काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार चार सय छ ।
यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले घटेर प्रतितोला एक हजार चार सयमा आएको महासंघले जनाएको छ ।
महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
