
बिहीबार बिहान दक्षिण कोरियाको दक्षिणपूर्वमा एउटा कार समुद्रमा खस्दा चार जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।
यात्रुवाहक गाडी स्थानीय समयानुसार बिहान १० :४८ मा देशको दक्षिणी टापु जिओजेबाट करिब १०० मिटर तल समुद्रमा खसेको थियो। दुर्घटनामा परी गाडीमा सवार चारै जना मृत फेला परेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
