विवेकशील साझाले सडकबाट प्रतिपक्षको भूमिका निर्वाह गर्छ : मिलन पाण्डे

Share:


काठमाडौं :
विवेकशिल साझाले सडकबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने भएको छ । पार्टीका पूर्पव संयोजक मिलन पाण्डेले पार्टीलाई अझ प्रोग्रेसिभ, अझ लोकतान्त्रिक, अझ भविष्यमुखी, थप युवामुखी बनाउनुको विकल्प नभएको बताएका हुन् ।

सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, ‘२०६९ सालमा स्व. उज्वल थापाले सुरु गर्नुभएको विवेकशील अभियानले लगभग एक दशक पार गरेको छ । यो बिन्दुसम्म आइपुग्दा वैकल्पिक राजनीति, सुसंस्कृत राजनीति, गहिरो सुझबुझ सहितको राजनीति, नयाँ राजनीतिको आवश्यकता र स्पेस थप स्पष्ट देखिएको छ । हामीले यो राजनैतिक परिवर्तनलाई पनि यो अभियानको उपलब्धिका रूपमा लिएका छौँ ।’

विवेकशील साझालाई महिला, दलित, मधेसी, अल्पसङ्ख्यकको पक्षमा वकालत गर्ने पार्टी बनाउन पहल गर्नु नै आजको आवश्यकता रहेको उनले बताए  ।

‘यो संविधानलाई सुदृढ गर्दै, थप सुधार गर्दै नागरिकको मुद्दालाई केन्द्रमा राखेर पब्लिक सर्भिस डेलिभरीको राजनीति गर्न हामी अग्रसर हुनेछौँ । हामी न्याय सहित सहभागितामूलक लोकतन्त्र थप संस्थागत गर्न निरन्तर नेतृत्व गर्नेछौँ । गत एक दशकमा हामीले संस्था निर्माण गर्न, यो आन्दोलनलाई स्थापित गर्न गरेको योगदान र मेहनतलाई अर्को चरणमा पुर्‍याउन हामी आउँदो माघ २७-२८ गते महाधिवेशन गर्ने तयारीमा जुटेका छौँ’, उनले भनेका छन्, ‘ आउँदो महाधिवेशनले विवेकशील साझा पार्टीलाई थप संस्थागत गर्नेछ भन्नेमा म ढुक्क छु । हामीसँग जोडिएका र छुटेका सम्पूर्ण साथीहरूलाई समेटेर अघि बढ्न हामी केहि साथीहरू निरन्तर संवादमा छौँ । साथै, नयाँ व्यक्तिहरू, हामीसँग विचार मिल्ने पार्टीहरूसँग पनि हाम्रो संवाद निकै सकारात्मक हुँदै छ । केहि नतिजाहरू महाधिवेशन अघि, केहि नतिजाहरू महाधिवेशनपछि देखिने नै छ ।’

आफूहरूले फेरी हाम्रो पुरानो जिम्मेवारी अर्थात् ‘वाच डग’ को भूमिका निर्वाह गर्नु रहेको बताए ।

‘आज नागरिकले प्रतिपक्ष खोजिरहेका छन् । तर पाइरहेका छैनन् । त्यो भूमिका फेरी पनि हामीले निभाउनु छ । विवेकशील सदनमा नभएर के भो त, नागरिकको मुद्दाका निम्ति हामीसँग पूरा सडक छ । त्यहीबाट बोल्ने छौँ । त्यहीबाट सिङ्गो सिंहदरबारलाई खबरदारी गर्नेछौँ । विवेकशील साझा पार्टीलाई नयाँ सिराबाट अघि बढाउने छौँ’, उनले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: