
काठमाडौं : चिकित्सक संघले आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । चिकित्सक संघका प्रतिनिधि र सरकारी टोलीबीच सहमति भएपछि संघले हाललाई आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।
वार्तामा चिकित्सकहरूको माग पूरा गर्ने ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।
र सरकारबीच बिहान ८ बजेदेखि सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भएको थियो।
संघले यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले घटनालगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको जनाउँदै घटनाका विषयमा थप छलफल गरी समस्या समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको जनाएका थिए ।
