कालिका क्याम्पसको सञ्चालक समितिमा किरण केसी निर्विरोध चयन

Share:

 कास्की :पोखराको प्रतिष्ठित अध्ययन संस्थान कालिका बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा किरण केसी निर्विरोध चयन भएका छन् ।  क्याम्पस सभा तथा छैटौं अधिवेशनले केसी अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा बोधबहादुर कार्की चयन भएका छन् भने सदस्यहरुमा वीरेन्द्र केसी, जेवी कुँवर, भेमसेन थापा, अमित थापा, भविन्द्र विक, प्रेमबहादुर कार्की रहेका छन् । यसैगरी कमल बस्नेत, गोकर्ण कार्की, डा परमेश्वर पोखरेल, किरण अधिकारी, महेश कार्की, बिमलबहादुर कार्की सद्स्यमा निर्वाचित भएका छन् ।

क्याम्पस सञ्चालक समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
यसअघि क्यम्पसका संरक्षक एवम् समितिका पूर्व अध्यक्ष प्रेमकुमरी केसीले कार्यक्रमको उद्घाटन गरेकी थिइन। क्याम्पस प्रमुख विरन्जी गौतमले क्यम्पसको प्रगती प्रतिवेदन र आगामी कार्ययोजनासहितको बजेट प्रस्तुत गरेका थिए ।

उनले क्युएए प्रमाणपत्र प्राप्त गर्नका लागि क्याम्पसले स्वअध्ययन प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमा बुझाएको जानकारी दिए । उनले प्राध्यापकहरुको वृत्तिविकासका लागि पिएचडी र एमफिल,अनुसन्धानमुलक गोष्ठी,सेमिनारको व्यवस्था गरिएको बताए ।
कार्यक्रममा क्याम्पसका संस्थापक सदस्य डा. चन्द्रबहादुर गुरुङ, डा. कृष्ण केसी, सिनेटर निशा मल्ल ठकुरी, माधव बराललगायतले क्याम्पसको इतिहास, वर्तमान अवस्था र भविष्य हुन सक्ने अध्ययनको दायराबारे आफ्नो मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: