
दाङ : तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अंग्रेजी सिकाउन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अंग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताइन् । “ बालबालिकाको अंग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ”, उनले भनिन्, “उहाँहरू दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।”
अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर–६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ । थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहेका छन् । उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ ।
कमेन्ट गर्नुहोस्
