
काठमाण्डौं : दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ ।
बिहीबार भारतको इडेन गार्डनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए ।
दक्षिण अफ्रिका भने पुन एकपटक अभागि सावित हुँदै पाँचौं पटक सेमिफाइनलबाटै घर फर्कियो। कोलकाताक इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २ सय १३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। डेभिड मिलरले शतक प्रहार गरेपनि दक्षिण अफ्रिका उच्च स्कोर बनाउन भने असफल भयो।
जवाफमा संघर्षपूर्ण रुपमा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४७.२ ओभरमा लक्ष्य पुरा गर्यो। अस्ट्रेलियाका लागि ट्रेभिस हेडले ६२ रन बनाउँदा डेभिड मिलरले २९ रन बनाए। त्यस्तै स्टिभ स्मिथले ३० रन तथा मार्नुस लबुसेनले १८ रन बनाए। थप दोहोरो स्कोरका रुपमा जोस इंग्लिसले २८ रन बनाउँदा मिचेल स्टार्क १६ तथा कप्तान प्याट कमिन्स १६ रनमा नटआउट रहे।
त्यसअघि कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रन बनाउँदा अलआउट भयो। खराब सुरुवातका बाबजुत हेनरीच क्लासेनले ४७ तथा डेभिड मिलरले १ सय १ रनको इनिङ खेल्दा दक्षिण अफ्रिका केही समालियो पछिल्लो क्रमले समेत गतिलो स्कोर बनाउन नसक्दा २ सय १२ रनमै समेटियो।
अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्यान कमिन्सले समान ३-३ विकेट लिंदा जोस ह्याजलवुड र ट्रेभिस हेडले समान २-२ विकेट लिएका थिए। अब उपाधिका लागि अस्ट्रेलियाले आइतबार आयोजक भारतसँग अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा गर्ने छ।
