
काठमाडौं : २०२६ को फिफा विश्वकप र एसियाकप छनोटको दोस्रो चरणको समूहको पहिलो खेलमा नेपालले युएईसँग ४-० ले पराजित भएको छ।
समूह ‘एच’ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले घरेलु मैदानमा नेपाललाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो । नेपाल विरुद्व पहिलो हाफमानै ४ गोलको अग्रता बनाएको युएईले दोस्रो हाफमा थप गोल गर्न असफल भयो।
युएईको दुबईमा भएको पहिलो खेलमा पहिलो हाफमा युएईले नेपालमाथि एकपक्षीय आक्रमण गर्दै पहिलो हाफमै ४-० को फराकिलो अग्रता बनाएको थियो। तर दोस्रो हाफमा मैदानमा समालिएको नेपालले थप गोल खानबाट आफूलाई जोगाएपनि गोल फर्काउन भने सकेन।
यसअघि नेपाल र युएईबीच सन् १९८४ मा खेल भएको थियो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो ।
विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् । अब नेपालले विश्वकप छनौट अन्तर्गत अर्को खेल नोभेम्बर २१ मा यमनविरुद्ध हुने छ । यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुने छ ।
