५४ रन बनाएर आउट भए विराट कोहली

Share:

काठमाण्डौं : आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा अस्ट्रेलियाले चौथो सफलता हात पारेको छ ।

भारतीय टीमका महत्त्वपूर्ण ब्याट्सम्यान विराट कोहली ५४ रनको स्थितिमा बोल्ड भएका हुन् ।

अस्ट्रेलियाका लागि कप्तान पट कमिन्सले विकेट लिए ।

यसअघि कप्तान रोहित शर्मा ४७ तथा शुभमन गिल र श्रेयस अय्यर ४/४ रन जोडेर आउट भएका थिए ।
अस्ट्रेलियाका लागि कमिन्सले २ तथा गेलेन म्याक्सवेल र मिचेल स्टार्कले १-१ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Share: