कांग्रेसले भूकम्पपीडितका लागि एक हजार अस्थायी घर बनाइदिने

184
0
Share:

काठमाडौं : नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रको लागि एक हजार अस्थायी आवास निर्माण गर्न टोली खटाउने भएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले १०–१० जनाको रहने गरी २५ वटा टोली भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठाउन लागेको बताएको छ । टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयंसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले निर्णय समेत गरेको छ ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितहरूलाई टहरा बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय भएको बताए । प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक पनि रहनुहुन्छ। एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक पठाउने निर्णय  प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक मंगलबार बसेर थप निर्णय गरिने कांग्रेसले जनाएको छ । २५ वटा टोली पठाउनेबारे भोलि पार्टी कार्यालय सानेपामा अभिमुखीकरण तालिम दिइने छ । त्यसका लागि भोलि ११ बजे पार्टी कार्यालयमा टोलीलाई तालिम दिने चार विभाग प्रमुख विश्वकर्माले बताए ।

कमेन्ट गर्नुहोस्
Share: