श्रीमती र छोराको हत्या गरी आत्महत्या!

170
0
Share:

धनकुटा : धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेका छन् ।

३५ वर्षीय टिकाराम गुरुङले बुधबार राति श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टिकारामले श्रीमती र छोराको हत्या गरी झुण्डिएको प्रहरीले जनाएको छ ।

उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले जानकारी दिएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार गुरुङ काम्ने समस्याको उपचार गराइरहेका थिए ।

गुरुङले बुधबार राति पौने १ बजे तिर छोरी ६ वर्षिया आसिकीलाई छिमेकीको जिम्मा लगाएको प्रहरीले जनाएको छ । यसअघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: