रोशन केसी बने माछापुच्छ्रे बैङ्कको अध्यक्ष

Share:
काठमाण्डौं : माछापुच्छ्रे बैङ्कको सञ्चालक समितिको अध्यक्ष रोशन केसी बनेका छन् ।
बिहीबार बसेको चार सय ९१ औँ बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो । यस अगाडि अध्यक्ष रहेका डा. उपेन्द्र महतोले राजीनामा दिएपछि सञ्चालक समितिले त्यसलाई स्वीकृत गर्दै केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म पनि बैङ्कका अध्यक्ष बनेका केसी नौ वर्षदेखि माछापुच्छ्रे बैङ्कमा आबद्ध छन् । वर्तमान अध्यक्ष बन्नुभन्दा पहिले उनले माछापुच्छ्रे बैङ्कको संस्थापक सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
हाइड्रो, कन्स्ट्रक्सन लगायत क्षेत्रमा पनि आबद्ध रहेका उनी सफल युवा व्यवसायीको रूपमा परिचित छन् ।
कमेन्ट गर्नुहोस्
Share: