युवा संघका कार्यकर्ता बल्खु पुगेपछि झडप

Share:

काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच बल्खुमा झडप भएको छ ।

कालीमाटीबाट तीनकुने आउन लागेको युवा संघको मोटरसाइकल र्‍याली बल्खु पुगेपछि झडप भएको हो। दुवै पक्षबीच ढुंगा हानाहान भएको छ  ।

प्रसाईं पक्षका समर्थकको ढुंगा प्रहारबाट केही मोटरसाइकलसहितका सवारी साधनमा क्षति पुगेको छ। अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको जनाएको छ ।

युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको बताएको छ भने महाअभियानले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ ।

युवा संघले तीनकुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा प्रदर्शन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: