
काठमाडौं : मेडिकल ब्यावसायी दुर्गा प्रसाई घरमा नै नजरबन्द भएका छन् । भक्तपुरस्थित घरमा नजरबन्द भए पछि प्रसाई तीनकुनेमा आज ११ बजे देखी गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन । सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको ‘माथिको आदेश’ भन्दै निस्कन दिएकाे छैन ।
तीनकुनेमा गर्ने भनिएको गणतन्त्रविरोधी आन्दोलनको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रदर्शनमा आउन प्रहरीले रोकेको छ। ११ बजे तीनकुनेमा जम्मा हुने उद्घोय गरेका उनलाई प्रहरीले घरबाटै बाहिर निस्किन नदिएको हो ।
प्रसाईंको भक्तपुर ठिमीस्थित घरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएका छन् ।
त्यस्तै, प्रदर्शनका लागि तोकिएको तीनकुने क्षेत्रमा ठूलो संख्यामा प्रहरी फौज खटाइएको छ। बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेका प्रसाईंले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए ।
काठमाडौं प्रशासनले भने तीनकुनेमा प्रदर्शन गर्न अनुमति नदिइएको बताइसकेको छ। प्रसाईं समर्थकहरू तीनकुने या बल्खु कता जाने भनेर अलमलमा परेको देखिएको छ ।
