केपी ओली कपमा एपिएफको पहिलो जित

Share:

काठमाडौं : पोखरामा जारी केपी ओली कप टी ट्वेन्टी क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित निकालेको छ ।

पोखरा रंगशालामा शनिबार भएको दोस्रो खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गरेको हो ।

एपिएफले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी ६७ रनमा समेटियो। उसका मिर्नल गुरुङले १४ र ध्रुव सुनारले ११ रन बनाए भने रोशन गुप्ता १३ रनमा अविजित रहे । अरू खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा अरुण ऐरीले ५ विकेट लिए। भुव कार्कीले २‚ अविनाश बोहोरा र अमर रौतेलाले समान एक/एक विकेट लिए ।  यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।

उसका लागि लोकेस बलमे अविजित सर्वाधिक ३२ रन बनाए। कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पूर्ण विकले २३, सुमित महर्जनले १८ र आसिफ शेखले १३ रन जोडे। लुम्बिनीका रमेश कुर्मी र अभिषेक गौतमले समान दुई/दुई तथा मोहम्मद हुसैनले एक विकेट लिए ।

जितसँगै २ अंक जोडेको एपिएफ समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । ​एपिएफ पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: