उदयपुरमा पिकनिक गएको बस दुर्घटना पर्दा दुई बिद्यार्थी र चालक गरी तीनको मृत्यु

Share:

उदयपुर : उदयपुरको जलजलेमा रहेको अन्नपूर्ण बोर्डिङ स्कुलको बस दुर्घटनामा पर्दा दुई बिद्यार्थी सहित चालकको मृत्यू भएको छ ।
मृत्यु हुनेमा बस चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ की ७ वर्षीया सौम्या चौधरी र ६ वर्षीय विकास चौधरी रहेका छन् । शनिवार पिकनिकका लागि गएको प्र–१–०५–००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य दर्जनौँ विद्यार्थीहरु घाइते भएका छन् ।
गाईघाट–कटारी खण्डको उदयपुरगढी–७ अँधेरीस्थित जोगीनीटोल नजिकै घुम्ती सडकमा अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: