
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पुर्पक्ष थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छुटाउने विषायमा उच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ ।
यस्तै, टोपबहादुर रायमाझीलाई रिहा गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । सोही प्रकरणमा जोडिएका उनका छोरा सन्दीप रायमाझीलाई भने उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
यस्तै, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
