स्वास्थ्य सेवामा ९२ हजार जनशक्ति आवश्यक

Share:

काभ्रे : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन् ।

 

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले सहज सेवा प्रवाह गर्न आफू नेतृत्वको मन्त्रालयले प्रयत्न गरिरहेको बताए ।

 

स्वास्थ्य  सेवा सबैमा पुर्‍याउन दक्ष जनशक्ति, सुविधासम्पन्न भवन र उपकरणको आवश्यक परेको तथा ती आवश्यकता परिपूर्ति गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री बस्नतेले सीमित स्रोतसाधनले अधिक काम गर्नुपर्ने परिस्थिति सृजना भएको बताए । मन्त्रालयको बजेट  कटौतीका कारण त्यस्तो अवस्था आएको उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
Share: