एकदिवसीय शृंखलामा क्यानडामाथि नेपालको रोमाञ्चक जीत

Share:

 

काठमाडौं : एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जीत हात पारेको छ।

कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको थियो।

जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनायो।  नेपालका ओपनर कुशल भुर्तेलले ६२ रन, आरिफ शेखले ३८ रन, कुशल मल्लले २०, सोमपाल कामीले २७, भीम सार्के १६, पवन शर्राफ १५, आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत समान ८ रन र रिजन ढकालले ४  बनाए।

यस्तै, ललित राजवंशी र सुर्य तामाङले क्रमश १ र १० रनमा नटआउट रहे।

कमेन्ट गर्नुहोस्
Share: