युक्रेनले अवडिभकाबाट सेना फिर्ता गर्दै

213
0
Share:

युक्रेनले अग्रपंक्तिमा रहेको पूर्वी शहर अवडिभकाबाट सेना फिर्ता गर्न आदेश दिएको युक्रेनी सशस्त्र बलका कमाण्डर-इन-चीफ ओलेक्सान्डर सिर्स्कीले शनिबार  बताउनु भएको छ ।

“घेराबाट बच्न र सेवाकर्मीहरूको जीवन र स्वास्थ्यको रक्षा गर्न, मैले शहरबाट हाम्रा सैनिक एकाइहरू फिर्ता लिने निर्णय गरें,” सिर्स्कीले फेसबुकमा लेखेका छन् ।

उनले युक्रेनका लागि सैनिकको जीवन सबैभन्दा महत्त्वपूर्ण रहेकोमा जोड दिएका छन्। युक्रेनी सेनाले जटिल  सुरक्षा स्थितिलाई स्थिर बनाउन विभिन्न उपायहरू गरिरहेको  पनि  सिर्स्कीले उल्लेख गरेका छन् ।

यसै हप्ताको शुरुमा स्थानीय सञ्चार माध्यमले रूसी सेनाहरूले युक्रेनी सेनासँग भीषण लडाइँ पछि डोनेट्स्क क्षेत्रको औद्योगिक शहर अवडिभकामा पकड बलियो बनाएको जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: