फिलिपिन्सको पहिरोमा परी मृत्यु हुनेको संख्या ९८ पुग्यो

245
0
Share:

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।

क्षेत्रीय प्रकोप रोकथाम कार्यालयले शनिबार दिएको जनाकारी अनुसार बेपत्ता अन्य ९ जनाको खोजी कार्य जारी  छ ।

फेब्रुअरी ६ को साँझ वर्षात्का कारण गएको पहिरोको चट्टान, माटो र भग्नावशेषले माको शहर नजिकैको खानी फर्ममा कामदारहरू लैजानका लागि प्रयोग गरिएका दुईवटा बसहरू पुर्दा सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

विश्व जोखिम सूचकाङ्क २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्राकृतिक प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ।

 

कमेन्ट गर्नुहोस्
Share: