अमेरिकी सैनिकले आफैंलाई आगो लगाउँदै भने- म गाजामा भएको नरसंहारमा भाग लिने छैन

188
0
Share:

अमेरिकी राजधानी वासिङ्टनस्थित इजरायली दूतावास बाहिर एक अमेरिकी वायुसेनाका सैनिकले आत्महत्या गर्ने प्रयास गरेका छन् ।

उनी भन्दै थिए, “म गाजामा भइरहेको नरसंहारमा भाग लिने छैन । प्यालेस्टाइनलाई मुक्त गर्न आवश्यक छ। स्वतन्त्र प्यालेस्टाइन। अब म आक्रमणको विरोध गर्न खतरनाक कदम चाल्दैछु।” उनले यति भनेपछि अमेरिकी सैनिकले आफूलाई आगो लगाए ।

दूतावास बाहिर उपस्थित सुरक्षाकर्मीले तत्काल पहल गरी आगो निभाउने प्रयास गरेका थिए । अहिले सैनिकको अवस्था चिन्ताजनक छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारीहरूले सिपाहीमाथि बन्दुक तानेका छन् । रिपोर्टमा भनिएको छ कि जब सैनिक दूतावास बाहिर उभिरहेका थिए, सुरक्षा अधिकारीहरूले उनीसँग कुरा गर्ने प्रयास गरे। उनीहरूले सिपाहीलाई सोधे- सर, हामी तपाईलाई कुनै प्रकारले मद्दत गर्न सक्छौं?

यो सुनेपछि सिपाहीले आफैंलाई आगो लगाए ।

कमेन्ट गर्नुहोस्
Share: