नेपाली क्रिकेट : ६ खेलाडीको मासिक तलव एक लाख, अन्यको कति? [सूचीसहित]

Share:

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ ।

शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब पनि बढाउने निर्णय गरेको हो।

ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहरा छन् ।

विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी ग्रेड सीमा परेका छन् । पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् ।

इमर्जिङ क्याटोगरीमा कोशीका दिपेश कँडेल, मधेशका रुपेश सिंह, बागमतीका रिजन ढकाल, गण्डकीका बिपिन खत्री, लुम्बिनीका देव खनाल, कर्णालीका अर्जुन घर्ती र सूदुरपश्चिमका हेमन्त धामी रहेका छन्।

क्यानका अनुसार ग्रेड एमा परेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउनेछन् । ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।

महिलातर्फ १९ जना खेलाडीको सूचीमा रहेका छन् । ग्रेड ‘ए’- इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर, ग्रेड ‘बी’मा कविता कुँवर, ग्रेड ‘सी’मा पूजा महतो, अश्मिना कर्माचार्य
ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल रहेका छन् ।

यस्तै, इमर्जिङ क्याटोगरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड़का, सना प्रविन रहेका छन् ।

महिलातर्फ ग्रेड ‘ए’लाई ५० हजार, ग्रेड ‘बी’लाई रु.३५ हजार, ग्रेड ‘सी’लाई  ३० हजार, ग्रेड ‘डी’ लाई २५ हजार र इमर्जिङ क्याटोगरिलाई २० हजार मासिक तलब उपलब्ध गराउने क्यानले निर्णय गरेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
Share: