
काठमाडौं : इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यहारको मुद्दा परेको छ ।
एक महिलाले जिल्ला अदालत काठमाडौं पुगेर कँडेल विरुद्ध मुद्दा हालेकी हुन् । कँडेलबाट आफुमाथि पटक पटक जबरजस्ती करणीका प्रयास भएको भन्दै मुद्दा दर्ता गराएकी हुन् ।
जिल्ला अदालतका सुचना अधिकारील चन्द्रप्रसाद पन्थीले मुलुकी अपराध संहिताको दफा २२४ को कसुरमा कडेँलविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए ।
उक्त दफामा कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन नहुने भनिएको छ । यस मुद्दामा कँडेल दोषी ठहर भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैंयासम्म जरिवाना हुन सक्ने कानूनी व्यवस्था छ ।
कमेन्ट गर्नुहोस्
