बेपत्ताको खोजीमा सेती नदीको ‘ड्याम’ खोलिने

289
0
Share:

कास्की : सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि बिहीबार बिहान ‘ड्याम’ खोलिने भएको छ।

बिहीबार बिहान ८ बजेपछि पोखरा महानगरपालिका-१६ दिपमा रहेको ड्याम खोलेर खोजी गर्न लागिएको कास्की प्रहरीले जनाएको।

बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको सुचनाअनुसार गत फागुन १३ गते साँझ पोखरा महानगरपालिका-१ सिम्पानीमा बस्ने मानबहादुर तामाङ भनिने सार्की लामा तामाङ माछा मार्ने क्रममा सेतीमा बेपत्ता भएका थिए।

त्यसको  भोलिपल्टदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजतलास गरेका थिए । उनी फेला नपरेपछि  ड्याम नै खोल्नुपर्ने अवस्था आएको प्रहरीले बताएको छ।

ड्याम खोलिएको समयमा नदीमा पानीको बहाव बढ्ने भएकोले नदी वरपर सतर्कता अपनाउन कास्की प्रहरीले अनुरोध गरेको छ।

 

कमेन्ट गर्नुहोस्
Share: