वाफ च्याम्पियनसिप फुटबल उपाधिका लागि नेपाल र जोर्डन भिड्दै

Share:

काठमाडौं :  वाफ च्याम्पियनसिप फुटबलको फाइनल नेपाल र जोर्डनबीच आज हुँदैछ।  खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुँदैछ ।

नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको थियो  नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

खेलमा नेपालकी सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा फ्रेन्च क्लबइभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने बताएको हो ।

 

कमेन्ट गर्नुहोस्
Share: