संक्रमणकालीन न्यायको काम टुंग्याउने सहयोग रहन्छः अमेरिका

221
0
Share:

काठमाण्डौं :  अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निस्कर्षमा पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेका थिए ।

भेटका क्रममा राजदूत थम्पसनले संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे । ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ’, राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।’

उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देशहरु पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे । भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए । यस्तै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्ने चासो राखेका थिए ।

जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकामा राजदूत थम्पसनलाई धन्यवाद दिए । यस्तै उनले एमसीसी परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

कमेन्ट गर्नुहोस्
Share: