कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने

195
0
Share:

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने भएको छ ।

आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी सांसदीय दल कार्य समितिको बैठक बसेको थियो ।

राष्ट्रियसभाको अध्यक्ष पदमा लागि युवराज शर्मालाई प्रस्ताव गरिएको कांग्रेसले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यस्तै, पार्टीको तर्फबाट प्रस्तावित अध्यक्ष पदका उम्मेदवार शर्माको पक्षमा मतदान गराउनका लागि अन्य प्रतिपक्ष दलहरुसँग पनि छलफल गर्ने निर्णय पनि बैठकले पनि विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: