गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णय

184
0
Share:

काठमाडौं : सरकारले गण्डकी, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले यस्तो निर्णय गरेको हो ।  सरकारका प्रवक्ता रेखा शर्माले ती प्रदेशका प्रमुखलाई पदमुक्त गरी रिक्त हुने पदमा नियुक्तिका लागि नामसमेत राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन् ।

शर्माअनुसार गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट, मधेश प्रदेशका लागि सुमित्रा भण्डारी,सुदुरपश्चिमका लागि नजिर मियालाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: