
पर्वत : बाँदरले हैरान गरेपछि पैँयु गाउँपालिकाले कर्मचारी खटाउने भएको छ।
गाउँपालिकाबासीहरुले निरन्तर दबाब दिएपछि जिल्लाको पैयुँ गाउँपालिकाले सात लाख लगानी गर्न तयार भएको हो।
गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले सोमबार भएको गाउँपालिकाको १३ औँ गाउँ सभाबाट प्रस्ताव पारित गरिएको जानकारी दिए।
पहिलो चरणमा सात लाख रुपैयाँ बजेट विनियोजन भएको र यसले अपुग भएमा बैठकबाट रकम थप गरेर सकेसम्म कृषकहरूलाई राहत दिलाउन गाउँपालिका तयार रहेको उनले बताए।
यो योजना अन्तर्गत सुरुमा प्रत्येक वडामा पाँच÷पाँच जनाका दरले सात वटा वडामा ३५ जनालाई बाँदर लखेट्ने हेरालोका रूपमा राख्न लागिएको हो।
कमेन्ट गर्नुहोस्
